दफा १७
किरिया बिदा
(१) कुनै श्रमजीवी पत्रकारले कुल धर्म अनुसार आफैं किरिया बस्नु परेमा पन्ध्रदिन किरिया बिदा पाउनेछ । महिला श्रमजीवी पत्रकारको पतिले किरिया बस्नु परेमा निजले पनि त्यतिनै दिन किरिया बिदा पाउनेछ ।
(२) श्रमजीवी पत्रकारले किरिया बिदामा बस्दा पूरा तलब पाउनेछ ।